२ थान अटोमेटिक पेस्तोलसहित पक्राउ

धरान उपमहानगरपालिका १७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका १५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उनले२ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्