एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं, बैशाख ३१ गते ।
एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एचएचसीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ ले पराजित ग¥यो । एचएचसीएकी पेमा लामाले ७ अंक योगदान गरिन् । अनिता गुरुङको ९ अंक सहयोगमा भ्याली पब्लिकले  काठमाडौं ग्लोबललाई २६–१५ ले हरायो ।
सिनियर गल्र्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१३ तथा फेरिल्यान्डले नेपाल मोडेललाई १५–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी     बविता घिमिरेले ८ तथा फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा बीएनएले सिद्धार्थ मोडेललाई १९–१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिकका अमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३, भ्याली पब्लिकले ओडिसीलाई ९–६, एचएचसीएले पृथ्वीलाई ११–७ र इबीएले बीएनएलाई ११–८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्