आफ्नी प्रेमिकाले आफ्नो इच्छाविपरीत गर्भपतन गराएपछि गोली हानेर हत्या

अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन्।

प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो।

उक्त व्यक्तिको पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए।
पत्रमा भनिएको छ कि, ति व्यक्ति बच्चाका पिता थिए र आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन्।

प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७ः३० बजे झगडा गरिरहेको देखिएको छ। प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुइँमा लडेकी थिइन्। भुईँमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोर्‍याएर आक्रमण गरेका थिए। न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो

कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ। टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ।

प्रतिक्रिया दिनुहोस्