हाइटेन्सन लाइनको पोलमा युवक चढेर आफनो माग राखे

मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका छन्।

 

उनी  ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा चढेर बसिरहेका छन्।  मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी  सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै  १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका  हुन्।

उनले गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे  आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्। उनी शनिवार  बिहान ६ बजे चढेको स्थानीयले बताएका छन्। अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,

’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन्।  ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ। तर, युवाले मानिरहेको छैन।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनवाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको उनले बताएका छन्।

वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा  रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो।

प्रतिक्रिया दिनुहोस्