आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको मृत्यु

जाजरकोटको भेरी नगरपालिका –७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्की रहेका छन उनको मृत्युबारे भेरी नगरपालिका –७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिएका छन ।

विहीबार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर कार्कीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्