इमरान खानको गिरफ्तारी गैरकानूनी भएको सर्वोच्च अदालतको फैसला

पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको छ।

अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारी पछि भडकिएको प्रर्दशनमा कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ भने २००० जना पक्राउ परेका छन्

मंगलबार इमरान खानको गिरफ्तारीले उनका सर्मथक र सेनाबीचको तनाव दिनदिनै बढेको छ।

प्रतिक्रिया दिनुहोस्