कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ९ बनबसाबाट लागूऔषधसहित भजनी नगरपालिका वडा नं. ३ ढुषीका २२ वर्षीय रन्जित पौडेलसहित दुई जना पक्राउ परेका छन् ।

५ सय ५० मिलिग्राम लागुऔषधसहित प्रहरीले पौडेलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ । त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ रिछाहबाट पनि लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् ।

३ ग्राम ६५ मिलिग्राम र एक थान सानो तराजुसहित बेलौरी नगरपालिका वडा नं. ३ खिरियाका १८ वर्षीय किशोरलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्