नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

कर्णाली चिसापानीबाट नदीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

चिसापानी पुलको पूर्वतर्फ ठाकुरबाबामा बुधवार दिँउसो २ बजे पहिचान नखुलेको अवस्थामा शव फेला गरेको हो । प्रहरीका अनुसार निलो र रातो रंगको ज्याकेट, भित्र रातो रंगको टि(सर्ट, सेतोकालो धर्सा भएको सर्ट, घ्यू रंगको सर्ट गरी दुई वटा सर्ट र खैरोमा सेतो धर्सा भएको ट्राउजर लगाएको अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ ।

बर्दीयाको भुरीगाउँबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी मुचुल्का उठाएको छ । सनाखत नभइसकेको शव परीक्षणका लागि बर्दिया अस्पताल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्