आज शेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ पुगेको छ ।

शेयर बजार मापक नेप्से सूचक आज ३.३४ अंकले घटेर १८३८.५९ को विन्दुमा पुगेको छ ।

आज कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६ सय ५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५ सय ९३ रुपैयाँमा खरिदबिक्री भएको छ । आज १३ वटा उपसमूह सूचकहरूमध्ये ३ वटा बढेका छन् भने १० वटा घटेका छन् । आज म्युचुअल फण्ड समूहको शेयर मूल्य सर्वाधिक ०.४३ अंकले बढेको छ भने फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक ०.६७ अङ्कले घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वाधिक ६.१० प्रतिशतको नाफा कमाएको छ भने फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सर्वाधिक ५.९९ प्रतिशतको घाटा बेहोरेको छ । कारोबार रकमका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्