च्याम्पियन्स लिग सेमिफाइनलः बराबरीमा रोकिए रियल र सिटी

काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार सम्पन्न खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई खेलमा फर्काए तर, त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो । दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ । सेमिफाइनल चरणको दोस्रो खेलमा आज राती इन्टर मिलान र एसी मिलान प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्