लागूऔषाधसहित कैलालीमा ३ युवक पक्राउ

धनगढीमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १ का २२ वर्षीय राज पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्येस्तै कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका– १० पिपरौवाबाट एक ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन् । खैरोहिरोइनसहित सोही स्थानका दुई जना विहिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । लम्कीचुहा नगरपालिका वडा नं। १ का २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक लागुऔषधसहित पक्राउ परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्