लिगमा आज दुई खेल

काठमाडौं सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । एक खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र आज छैटौं जितको खोजिमा हुने छ । ऊ १४ खेलमा २१ अंक सहित पाँचौं स्थानमा छ । एपीएफ पनि छैटौं जितको खोजीमा हुनेछ । एपीएफ १४ खेलमा १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेनै सुरु हुने खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको संकटा आज पाँचौं जित निकाल्ने योजनामा हुने छ । छैटौं स्थानमा रहेको आर्मी छैटौं जित निकाल्न चाहन्छ । आर्मीले १४ खेलमा २० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्