भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै,पूरा फिल्म देख्न बाँकी : प्रधानमन्त्री दाहाल

शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताएका हुन। उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका हुन।

उनले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै
रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए । उनले अब
आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय
हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए

उनले भने म लगायत केही नेता साथीहरु माईतीघर मण्डलाको चिसो पिच
बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यतिबेला सरकारमा
हुनेहरुले र अहिले भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे
मध्येकाहरुले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेरत भन्थे,
माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक
गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्ल्ेख गर्दै
फेरि एक पटक गर्जिने बहुमतमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्