मुक्केबाज रबिन थापा आयाेजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेनसंग पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएकाे आयाेजनामा उज्वेकिस्तानकाे राजधानी तास्कान शहरमा २०२३ काे अप्रिल ३० देखि मे १४ तारिख सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप – २०२३ मा नेपाली मुक्केबाज रबिन थापा आयाेजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्युओ जिइभसंग पराजपत भएकाछन् ।
नेपाली मुक्केबाज थापाले ४६-४८ किलाे ताैल समुहमा उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्ओ जिईभसंग नेपाली समय अनुसार बिहिबार साँझ ६:४५ बजे राउण्ड ३२ अन्तर्गत ईभिनिङ सेसन ७ काे बाउट नम्बर १ रिङ्ग ‘बि’ मा प्रतिस्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेका अनुसार थापाले उत्कृष्ट खेल प्रदर्शन गर्दै ५:० अंकमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्