८ करोड ७ लाख ६९ हजार रुपैयाँको अचार निर्यात

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ८ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा १ लाख २९ हजार १ सय किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । मुलुकबाट अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत, अमेरिकामा अचार निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी अमेरिकामा २ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको ३ लाख ३३ हजार ३९ किलो अचार निर्यात भएको हो ।

जापानमा १ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ हजार २११ किलो निर्यात भएको हो । गत आर्थिक वर्ष साउनदेखि चैतसम्म कुल २ करोड १४ लाख २४ हजार रुपैयाँ बराबरको ३५ हजार ४२७ किलो अचार निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया र जापानमा मात्रै अचार निर्यात भएको विभागको तथ्यांक छ ।

१ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको ३१ हजार ९७१ किलो अष्ट्रेलियामा र २३ लाख ५९ हजार रुपैयाँ बराबरको ३ हजार ४५६ किलो जापानमा निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्