आज २५६७औँ बुद्ध जयन्ती

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर  मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभएको थियो । काठमाण्डौको बौद्ध, स्वयम्भू, चाबहिलमा रहेकाे चारुमति विहारलगायत बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायतका ठाउँमा विभिन्न कार्यक्रम हुँदैछ ।

बुद्ध जयन्ती अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्