काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत गए राति सम्पन्न खेलमा कोलकत्ता नाईट राईडर्स विजयी भएको छ । कोलकत्ताले सनराईजर्स हैदराबादलाई उसकै घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा ५ रनले पराजित गरेको हो ।
कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४१ रन, हेनरिक क्लेशनले ३६ रन र अब्दुल समादले २१ रन बनाए । कोलकत्ताका लागि भैबभ अरोरा र शार्दुल ठाकुरले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकत्ताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । कप्तान नितिश राणाले ४२ रनको योगदान दिए । हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २–२ लिए ।
जरी लिगमा १० खेलमा ४ जित र ६ हार बेहोरेको कोलकत्ता ८ अंक सहित आठौं स्थानमा छ । नौ खेलमा ३ जित निकालेको हैदराबाद १० टोली सहभागि प्रतियोगिताको पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्