नेप्से १२.७३ अंकले बढ्यो

आज नेप्से सूचक १२.७३ अंकले बढेर १८६९.७३ को विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ । आज कूल २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता शेयर ७३ करोड २६ लाख ८९ हजार ८ सय ११ रुपैयाँ ८९ पैसामा खरिदबिक्री भएको छ ।

आज १३ वटा उपसमूह सूचकहरू बढेका छन् । आज निर्जीवन बीमा सार्वधिक १.५५ प्रतिशतले बढेको छ । आज नबिल ग्रोथ फण्डले सकारात्मक सर्किट लेभलमा कारोबार गरेको छ भने आज लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९ प्रतिशत भन्दा बढिले बढेको छ । आज एनएमबी डि ८७्८८ को शेयर ५.८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज नबिल बैक लिमिटेड प्रमोटर शेयरले ४ करोड ५० लाख बराबरको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्