अफगानिस्तानमा दैनिक १ सय ६७ जना बालबालिका ज्यान गुमाउन बाध्य ।।

अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउनु परिरहेको एक तथ्याङ्कले देखाएको छ

संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने रोग निमोनिया, मेनिन्जाइटिस, मुटुरोगलगायतबाट बालबालिका ज्यान गुमाउन बाध्य छन् । उचित उपचार सेवाबाट ती बिरामी बालबालिका निको हुनसक्ने र हुनुपर्ने पनि युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा अन्तर्रा‍ष्ट्रिय सहयोगमा निर्भर रहेको र सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि सहयोग रकम कटौती भएको छ । तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि कठिन भएको छ । त्यसबाट बालबालिका र शिशुहरू थप जोखिममा परेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्