विचित्रको अन्तर्राष्ट्रिय खेल, ९ रनमा टिम अलआउट, ४ बलमा म्याच ओभर

काठमाडौं । एकातिर अन्तिम १७ खेल मध्य १६ खेल जितर नेपालले विश्व क्रिकेटमा सनसनी मात्र मच्चाउको छैन, एसिया कपमा भारत र पाकिस्तान जस्तो  टोलीहरुसंगको भेट पक्का गरेको छ र भारतमा आयोजना हुँने एकदिवसीय विश्वकपमा स्थान बनाएको छ । यस्तै आइपिएल  पनि चलिरहेको छ, जहाँ हरेक खेलमा नयाँ कीर्तिमान बनिरहेका छन् । तर, अर्कोतर्फ एक यस्तो म्याच पनि बनेको छ, जहाँ पुरै टोली ९ रनमा अलआउट भएको छ र खेल चार बलमा सकिएको छ ।

हामी कुनै घरेलु वा स्थानीय खेलको बारेमा कुरा गरिरहेका छैनौं । यो खेल अन्तराष्ट्रिय स्तरको हो । विशेष कुरा के छ भने यो खेलमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सम्पूर्ण खेल करिब १२ ओभरसम्म चल्यो र छ जना ब्याट्रर खाता नखोली शून्य रनमा आउट भए ।

वास्तवमा मे १ मा फिलिपिन्स महिला र थाइल्याण्ड महिला क्रिकेट टिमबीच खेल भएको थियो । पहिले ब्याटिङ गर्न निस्केको फिलिपिन्सको टोलीले ९ रन मात्र बनाउन सक्यो र अलआउट भयो । यी नौ रन बनाउन टोलीले ११.१ ओभर ब्याटिङ गर्नुपरेको थियो । फिलिपिन्सका लागि जोन एन्ड्रियानोब र जोनाह अगुइडले २–२ रनको योगदान दिए । यसपछि जेनिफर अल्मब्रुक र क्याथरिन बागोइसन्स्टले पनि दुई–दुई रन जोडिन् । अन्य कुनै पनि ब्याट्सम्यानले खाता खोल्न सकेनन् । एलेक्स स्मिथ, अप्रिल स्किलोन, जोएल गालापिन्स्टलगायत सबै ब्याट्सम्यान शून्य रनमा आउट भए । खेलमा जोना इगुइडले सर्वाधिक १७ बलको सामना गरिन् । टोली अलआउट हुँदा टोलीको स्कोर ११.१ ओभरमा ९ रन थियो । अर्थात् थाइल्याण्डको महिला क्रिकेट टोली रन पछ्याउन मैदानमा उत्रिएपछि जितका लागि १० रनको मात्र लक्ष्य थियो । थाइल्याण्डका लागि नान्नापट कोन्चारोएनकाईले दुई बलमा तीन रन र नथाकन चन्थमले दुई बलमा ६ रन बनाएर खेल जिताए । जुन क्रममा नथाकनले एक चौका प्रहार गरिन् । टोलीले चार बलमा १० रन बनाएर खेल जित्यो ।

 

थाइल्याण्डका बलरको कुरा गर्दा थिपाचा पुथावाङले तीन रन खर्च गरेर चार विकेट लिइन् भने ओनिचा कामचोम्फुले कुनै रन नदिई तीन खेलाडीलाई आउट गरिन् । बाँकी एक विकेट बुचथमले लिइन् । फिलिपिन्सका बाँकी दुई खेलाडी रन बनाउने प्रयासमा रनआउट भए । यो आफैमा एउटा अचम्मको कीर्तिमान हो, जुन वर्षौंसम्म स्मरणीय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्