रक्तचन्दनको तेलसहित ८ जनालाई पक्राउ, मुल्य करिब २ करोड

करिब २ करोड पर्ने रक्तचन्दनको तेलसहित अवैध कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्‍ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौको चाबहिल बस्‍ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर १५ घर भई हाल कलंकी बस्‍ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका २ घर भई हाल काँडाघारी बस्‍ने २५ वर्षीय नविन दाहाल रहेका छन् ।

यस्तै रामेछापकै लिखुतामाकोशी गाउँपालिका २ घर भई हाल चाबहिल सरस्वतीनगर बस्‍ने ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँकेको कोहलपुर नगरपालिका ११ घर भई हाल चाबहिल सरस्वतीनगर बस्‍ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका ९ घर भई हाल जडिबुटी बस्‍ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाएँपालिका ६ घर भई हाल महाकाल बस्‍ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्