लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। ६ ग्राम ९२ मिलिग्राम लागुऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्