लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ

झापाको भद्रपुर नगरपालिका–८ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जेलिङ खोरीबारीका २२ को शिवु घोष र सोही स्थानकी २६ वर्षीया श्यामली सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले छुट्टाछुट्टै साइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा सोरेनको साथबाट १९४ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । घोष प्रतिबन्धित लागुऔषध ब्राउन सुगर डिलरवाला रहेको र सोरेन बोक्ने मान्छेको रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्