अन्तर्वार्ता

एक महिलाको भान्सा कोठामा शव भेटिएको छ ।

एक महिलाको भान्सा कोठामा शव भेटिएको छ ।
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक राईको जिउभरी चोट रहेको छ । प्रहरीका अनुसार राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा छन् ।

घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…