गिभिनाको माफि माग्ने कार्यले कस्को साँख बढ्यो कस्को साँख घट्यो

गिभिना र नर्सहरु बिच चलिरकेको द्धन्दले केहि दिन यता सामाजिक संजालहरु निकै तातिएको छ, कुरा हो एउटा बिरामीलाई राम्रो व्यवहार नगरेको र भिडियो खिचेको बारे यस सन्र्दभमा बाहिर धेरै कुरा हरु सुनियो जसमा केही नर्स तर्फ त केहि गिभिना मगरको तर्फका कुरा हरु सुनिए तेस्तै घटना चर्कदै जाँदा नर्सहरुको नाराबाजी नि देखियो त कतै गिभिना मगरको स्र्पोटमा जनमानस उर्लिएको नि देखियो, सरसरती घटना हेर्दा धेरैले नर्सहरुबाट भएका अपहेलना सुनाए र कसैले त सबै नर्स एउटै हुदैन्न भन्ने कुरा पनि गरे यो घटना एकदमै बढ्दै गएपछि अस्पताल प्रशाशनद्धारा नर्स र गिभिना मगरलाई सँगै राखि मगरलाई नर्स सँग माफि माग्न लगाईएको थियो तर मगरले आफनो गल्ती न भएको र माफी नमाग्ने कुरा पछि यो घटना अझ चर्को रुपमा उठ्न थाल्यो र बृहतरुप लियो यो घटनाले ठुलै रुप लिनु अघि गिभिना मगरले माफी मागिन किनकि सामाजिक संजालमा नर्सहरुलाई तथानाम गालीको बर्ष भई रहेको थियो तेसपछि मगरले सामाजिक संजालबाट सबैलाई तेसो नगर्न अनुरोध गरि

गिभिना मगरः
मान्छेबाटै भूल हुन्छ । मबाट पनि भूल भएको छ । यही भूलले गर्दा धेरैजना जो नर्सिङ पेशामा जो आवद्ध हुनुहुन्छ, उहाँहरुलाई धेरै समस्या आएको छ । त्यो चाहिँ मेरो उद्देश्य र चाहना थिएन । म नानुलाई बचाउँछु भन्ने सोच मात्रै लिएर आएको थिएँ । तर एक्कासी थाहा नपाइ यो घटना घट्न पुग्यो । यसबाट जति पनि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ, उहाँहरुको चरित्र हत्या भएको छ । र, तथानाम गाली पनि गरिएको छ । उहाँहरुलाई चोट पुगेको छ ।

यो कुराले गर्दा सायद नर्सहरुलाई त लागेको होला हाम्रो जित भयो तर बाहिरी मानिसको कुरा अनुरसार गिभिनाले माफि माग्नु भनेको उनको असल गुण र संस्कार हो भन्ने सुनिन्छ र यस्ले गर्दा उनि पहिले दुखी गरिबलाई सहयोग गरेर जुन उनको साँख बनेको थियो यो माफीले उनको त्यो साँख उझ बढाएको कुरा कतिपयको मुखबाट सुन्न सकिन्छ, सबै नर्स हरु तेस्ता हुदैन्न किनकि कतिपयले त भन्ने गरेका छन मलाई हेर्ने नर्स सारै जाति थिईन तेस्तो नर्स पाउन त गरै हुन्छ भनेर कुरा गर्नेहरु नि भेटिए तर यस घटनाको कारणले गिभिना मगरलाई अझ बढि फाइदा भएको छ इतिहास छ जो बढि बिवादमा आउछ उस्कै बढि चर्चा हुन्छ यो घटनाक्रमले को राम्रो को नराम्रो भन्ने कुरा तेसै भन्न सकिदैन किनकि भित्री कुरा कसैलाई थाहा छैन तेसैले को गलत को सहि भन्ने भन्दा आफनो कामलाई नै धर्म सम्झेर राम्रो र असल मनले गर्ने हो भने तपाईले सेवा गरेको मान्छेले तपाई लाई जिन्दगी भर सम्झी रहन्छ, उनिहरुको भनाई अनुसार गिभिना मगरको मान र इज्जत अझ बढेको छ माफी माग्दैमा कोही सानो हुदैन सहि कुरा गलत हुदैन दुध दुधनै हो पानि पानि नै हो दुध र पनि मिसाएर उमालेसी पनि भाव बनेर उडेर जान्छ भने दुध एउटा नयाँ र सिर्जनात्मक चिज भएर जन्मन्छ

स्रोतः चिया पसलमा गफ गदै गरेका मानिसहरुबाट लिइएको

प्रतिक्रिया दिनुहोस्