नक्कली मदिरा बनाई बिक्री गर्ने दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय मूख्तार पठान र सोही ठाउँ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।

प्रहरीका अनुसार अम्बिका ट्रेडर्सका संचालक नविन पन्थी र मूख्तार पठानले रुपन्देही जिल्ला अन्तर्गत राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री बितरण गरेको भन्ने गोप्य सुचना आधारमा उक्त नक्कली स्टिकर बनाउँने व्यक्तिहरु र स्टीकर खोजतलास गर्दै जादा मंगलबार उनीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बाट नियन्त्रणमा लिएको हो ।सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा विक्री वितरण गर्ने गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुबै जनाको साथबाट आन्तरिक राजश्व विभाग लेखेको स्टिकर- ५९३ पिस, सिग्नेचरको खाली बोतल- ४८ पिस, वल्ड दरवार लेखेको खाली बोतल-१६ पिस , गोल्डेन वाक लेखेको खाली बोतल-९ पिस, सिगनेचर १८० एम.एल. को १२ बोतल, सिग्नेचर ३७५ एम.एल. को २ बोत्तल, गोल्डेन वक १८० एम.एल. को ४ बोतल, वल्ड दरबार रेगुलर १८० एम.एल. को ३ बोतल, वल्ड दरबार रेगुलर ३७५ एम.एल. को १ बोतल, १८० एम.एल. को 8884- ४१ वोतल, जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ १ लिटर बरामद गरेको छ ।

बरामद समान र पक्राउ परेका पन्थी र पठान लाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्