जिप दुर्घटना हुँदा १० जना भन्दा बढि घाइते

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।

मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् । यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पु¥याइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, सामान्य घाइतेहरु जिप चालक सानीभेरी–५ का दिपक वाठा मगर र सोही स्थानमा मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कर्णवीर पुन र कुसारीलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पु¥याइएको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले मृतक भनिएका ५ जनाको जिल्ला अस्पताल पु¥याएपछि मात्रै मृत्यु पुष्टि हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्