चिनियाँ डुंगाभित्र १४ जनाको शव फेला

श्रीलंकाको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुंगाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ ।

मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुंगामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुंगामा भेटिएको हो । मोटरबाट चल्ने लु पेङ युआन यु ०२८ डुंगामा १७ जना चिनियाँ, १७ जना इन्डोनेसियाली र ५ जना फिलिपिनी सवार थिए र पर्थबाट पाँच हजार किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको थियो ।

फिलिपिन्सको विदेश मन्त्रालयले उक्त डुंगा मे १८ मा श्रीलंकाबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको तर खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको जनाएको थियो। श्रीलंकाको नौसेनाले आफ्ना गोताखोरहरूले मंगलबार दुई जनाको शव पानीमा फेला पारेको र थप १२ जनालाई डुंगाभित्र भेटेको पुष्टि गरेको छ । सीमित सुरक्षात्मक कवचसाथ दूषित पानीभित्रबाट शव निकाल्दा उत्पन्न हुने सम्भावित स्वास्थ्य खतराका कारण ती शवहरू पुनः प्राप्त गर्नु अत्यन्त खतरनाक हुने निश्चित गरिएको नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डुंगाभित्र रहेका १२ वटा शवको नक्सांकन गरी चिनियाँ अधिकारीलाई बुझाइएको बताइएको छ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खोज तथा उद्धार कार्यमा सघाउन तीनवटा हवाई जहाज र चारवटा पानीजहाज पठाएको थियो।
चिनियाँ यातायात मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले खोजका लागी करिब ६४,००० वर्ग किलोमिटर ९१८,७०० वर्ग नटिकल माइल० क्षेत्रमा यात्रा गरेका थिए । गत हप्ता फेबियन चक्रवातले सात मिटर ९२३ फिट० सम्मको छाल र १२० किलोमिटर प्रतिघण्टा ९७५ माइल प्रतिघण्टा० सम्मको हावा चलेपछि माछा मार्ने उक्त डुङ्गाले पहिलो पटक सङ्कटको सङ्केत पठाएको थियो।

क्यानबेरास्थित ज्वाइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टर ९जेआरसीसी० ले बाँच्नका लागि ‘चुनौतीपूर्ण’ अवस्थाको चेतावनी दिएपछि खराब मौसमका कारण उद्धार कार्य रोकिएको छ। उक्त पानीजहाज चीनको प्रमुख सरकारी माछा मार्ने कम्पनी पेन्ग्लई जिङलु फिशरी कम्पनीको स्वामित्वमा थियो।

प्रतिक्रिया दिनुहोस्