गाँजा बाट बनेका कपडाहरु अहिले बाट नभै धेरै पहिले देखि नै नेपालमा उत्पादन हुन्थ्यो । पहिले गाँजाको डाँठबाट रेसा निकालि त्यसलाई कपडा बुन्ने हाते तान बाट कपडा तयार गरि त्यसलाई ज्याकेट, गुन्द्री जस्ता विभिन्न सामाग्री लाई प्राकृतिक रंगहरुद्वारा कपडामा रंग लगाईन्थ्यो । अठार मगरात क्षेत्रमा प्रचलित किंवदन्ती र जनविश्वास अनुसार बाईस बहिनी बुजुहरू मध्य मालङ्गेनी बुजुले यसरी तान वा कपडा बुन्ने आविष्कार गरे र त्यही सीप पुस्ताहस्तान्तरण गर्दै अहिले यो अवस्थामा आए । यदि यसरी तान बुन्न माधिप्ने अथवा सीप कला टिपिएन भने सिक्ने मान्छे र बुजु कुछाल (सिसाए)को खण्डमा सीप सिकेका मान्छे जसले अरुलाई पनि सिकाउँछ तिनी पनि मालङ अर्थात् बौलिने हुन्छन् । त्यसको लागि गामा÷जलजलामा रहेको मालङखोलामा गएर मालङ्गेनी बुजुको पुजा गरे मालङ वा बौलिएको मान्छे सञ्चो हुने विश्वास छ । तर पछिल्लो समय आधुनिकता र परनिर्भरताको प्रवृत्तिले यस किसिमको सीप र कलाको पुस्ताहस्तान्तरण नभएर अघिल्लो पुस्तामा मात्रै सिमित हुन लागेको छ । परम्परागत पुर्खौली सीपहरूको पनि संरक्षण गरौं ।
नेपालमा गाँजालाई औषधिय गुण भएको बनस्पति मानिन्छ । गाँजा एक बहुउपयोगि बनस्पति हो यसको पात, गेडा, डाँढ सम्पुर्णलाई उपयोग गरि औषधि तथा कपास उत्पादन गर्न सकिन्छ । यसलाई परापुर्वक काल देखि नसाको रुपमा पनि प्रयोग हुँदै गईरहेको छ।
गाँजाबाट रोगको छुट्कारा कसरी हुन्छ?
(Endocannaboid System -ECS)१९९२ मा पत्ता लगाइएको थियो। यसबाट शरीरको प्रतिरक्षा प्रणाली सबै जीवित चीजहरूको होमियोस्टेसिससँग गा‘जाको प्रतिरक्षा प्रणालीसंगको अटुट सम्बन्ध हुन्छ भन्ने प्रमाणित गर्न पुगेको छ। चाहे तपाइँ गाँजाको कुनै पनि प्रकारको उपभोग गर्नुहुन्छ वा हुदैन तपाइँको शरीरमा यसको लागि माग गर्दै चिच्याउने रिसेप्टरहरू छन्! यो वैज्ञानिक तथ्य मन पर्दैन? सृष्टिकर्तको कुरा बुझ्नुस्, EndoCannabinoidDeficiency वास्तविक हो । फाइटोकानाबिनोइड्स र एन्डोकानाबिनोइड्सको मेटाबोलिक मार्गहरू पत्ता लगाउने क्रममा वैज्ञानिकहरूले शरीर भित्र एक अज्ञात आणविक संकेत प्रणाली भेट्टाए जुन जैविक कार्यहरूको विस्तृत दायरालाई नियमन गर्न संलग्न छ । यो प्रणालीलाई endocannabinoid system (ECS) नाम दिइएको थियो। ECS ले धेरै कार्यहरू गर्दछ, तर लक्ष्य सधैं बाह्य वातावरणमा उतार–चढ़ावहरूको बावजुद शरीरभित्र स्थिर वातावरण कायम राख्नु हो । यो शरीर भित्र होमियोस्टेसिस सिर्जना गर्ने प्रणाली हो । जब हाम्रो आन्तरिक वातावरणमा असंतुलन पत्ता लगाइन्छ, शरीरले क्यानाबिनोइड रिसेप्टरहरूसँग अन्तरक्रिया गर्ने एन्डोकानाबिनोइडहरू संश्लेषित गर्दछ । यसले रासायनिक प्रतिक्रियालाई उत्तेजित गर्दछ जसले शारीरिक प्रक्रियालाई होमियोस्टेसिसमा फर्काउन काम गर्दछ । यद्यपि, केही अवस्थामा, त्यहाँ ECS सिग्नलिङमा कमी हुन्छ । यो अवस्थालाई क्लिनिकल एन्डोकानाबिनोइड डिफिसेन्सी भनिन्छ । हाम्रो शरीरले पर्याप्त मात्रामा एन्डोकानाबिनोइड्स संश्लेषण नगर्ने, हाम्रो शरीरले पर्याप्त क्यानाबिनोइड रिसेप्टरहरू उत्पादन नगर्ने, क्यानाबिनोइडहरू भत्काउने इन्जाइमहरूको पर्यप्तता वा बाहिरी स्रोतहरू जस्तै खाद्य पदार्थ र औषधिहरूले ECS सङ्केतलाई घटाउँछ । गाँजामा पाइने फाइटोकानाबिनोइड्स यस कमीलाई पूर्ति गर्न प्रयोग गर्न सकिन्छ । तपाईंको एन्डोकानाबिनोइड प्रणालीलाई उत्तेजित र समर्थन गरेर धेरै रोग र अवस्थाहरूबाट राहत पाउन सकिन्छ।
नेपालमा अमेरिकाले गाँजाको अधिक खेती हुने जिल्लालाई लक्षित गरी पूर्वाधार विकास गर्ने भन्दै राप्ती एकीकृत ग्रामीण परियोजना लागू ग¥यो । यो परियोजना सकिएको केही वर्षमै राप्तीबाट माओवादी द्वन्द्व सुरु भयो जसको एउटा कारण स्थानीयको आयस्रोत रोक्ने गरी गाँजामाथि लगाइएको प्रतिबन्धलाई पनि मान्ने गरिएको सोईङ द विन्ड – द हिस्ट्री एण्ड डायनामिक्स अफ माओईस्ट रिभोलुसन नाम गरेको अध्ययन मा उल्लेख गरिएको छ ।
२०३३ मा लागुपदार्थ नियन्त्रण कानुन बनाएर नेपालले गाँजा प्रतिबन्ध लगायो । प्रतिबन्ध अगुवाइ गर्ने अमेरिकाले राप्ती एकीकृत विकास परियोजनाको कार्यालय दाङमा खोल्यो । गाँजा प्रतिबन्धपीडित रोल्पा–रुकुम लक्षित परियोजनाकृत काम पूर्वसांसद बमकुमारी बुढामगरले लेखेकी छिन “रोल्पा र रुकुम सदरमुकाममा बाटो थिएन । तर, अड्डाका नाउँमा परियोजनाले गाडी र मोटरसाइकल किन्यो । जनप्रतिनिधिलाई विदेश घुमायो । त्यसमा म पनि (२०४०) थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरिया गएँ । जीविकोपार्जनको बाटो भत्काइएका पीडितले भने परियोजना ‘आए–गए’को ‘पत्ता’ पाएनन् ।” मर्सी कर्प्सले एउटा रिपोर्ट ल्यायो । रिपोर्टले ‘गाँजा प्रतिबन्ध तिक्तताको स्रोत’ र ‘पहिले गाँजा खेती हुने क्षेत्रमा माओवादी धेरै प्रभाव’ भन्दै गाँजा प्रतिबन्धले नै ‘जनयुद्ध’ भएको निष्कर्ष निकालेको थियो ।
हाल नेपालमा गाँजा बाट बनेका कपडाहरु बजारमा उपलब्ध हुन थालेका छन । पछिल्लो समय हेटौंडा औधोगिक तथा व्यापार मेलामा गाँजा बाट बनेका सामानहरु एउटै स्टल बाट दैनिक ३०००० सम्मको व्यापार भएको र गाँजाबाट बनेका सामाग्रीलाई उपभोत्ताले धेरै रुचाएको एक स्टल संचालकले जनाए । गाँजाबाट बनेका कपडाहरु अन्य कपडा भन्दा धेरै बलियो हुने, शरीर नचिलाउने, सूर्यको विकिरण बाट पनि बचाउने गुणको कारणले बजारमा यसको माग उच्च छ । नेपालमा उत्पादन भएका कपडाहरु नेपालमा भन्दा विदेशमा धेरै माग भएको एक उद्यमिले बताए । नेपालमा गाँजा प्रतिबन्ध लगाउने अमेरिकामा गाँजाबाट विभिन्न खानेकुराहरु औषधि तथा कपडाहरु बनाई बार्षिक करोडौं मूल्यमा बिक्रि गर्दछ । नेपालमा पनि कानून निर्माण गरेर यसको बैज्ञानिक खेति गर्न आवश्यक छ ।
-ततोखबर-बाट-साभार
प्रतिक्रिया दिनुहोस्