घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु

चैत्र २३- चितवन, चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका करण सुनारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ ।

२२ वर्षीय करणको घाँटीमा हड्डी अड्किएको थियो ।

उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो ।

त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए । तर बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्