१६ चैत – काठमाडौं, इरानले साउदी अरेबियामा रहेको अमेरिकी हवाई अड्डामा ब्यालिस्टिक मिसाइल आक्रमण गर्दा अमेरिकी बोइङ ई–३ सेन्ट्री विमान ध्वस्त भएको छ ।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार आक्रमणमा अमेरिकाको बोइङ ई–३ सेन्ट्री विमान ध्वस्त भएको हो ।

यस्तै, मिसाइल र ड्रोनबाट आक्रमण गरेर धेरै अमेरिकी विमानहरू ध्वस्त पारेको इरानले दाबी गरेको छ ।
इरानको सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार आक्रमण शुक्रबार अमेरिकी सेना तैनाथ रहको प्रिन्स सुल्तान एयर बेसमा भएको हो । रिपोर्टका अनुसार इरानले आक्रमणमा छ वटा ब्यालिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रहार गरेको थियो ।
आक्रमणमा १५ अमेरिकी सैनिक घाइते भएका छन् । तर अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म आधिकारिक रूपमा आक्रमण भएको पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्