१५ चैत -काठमाडौं , पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज बिहान पक्राउ परेका खड्कालाई म्याद लिन जिल्ला अदालत काठमाडौं लगिएकोमा न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पूर्व उर्जामन्त्री रहेका खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्