१३ चैत-काठमाडौं, दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको भनिएको मुस्ताङ एयरको हेलिकोप्टर भेटिएको छ । सो हेलिोकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित रूपमा अवतरण भएको हो ।
हेलिकोप्टरमा सवार पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको मुस्ताङ एयरको हेलिकोप्टर शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको थियो ।

क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकोप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्