सांसद विद्यालय पोशाकमा शपथ खान पुगे

१२ चैत-काठमाडौं, आज नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ दिलाएका हुन् । यसैबीच शपथका क्रममा आज अनौठो दृश्य पनि देखिएको छ ।

रास्वपा सांसद रहबर अन्सारी विद्यालयको पोशाकमा शपथ लिन पुगेका थिए । उनी निलो सर्ट र पाइन्ट अनि पिठ्यूँमा ब्याग बोकेका थिए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ३५ वर्षअघि बुवाले आफूलाई विद्यालय लगेको सम्झिए ।

उनले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ । उहाँको लागि व्यक्तिगत गर्वको विषय होला । तर यो सम्पूर्ण अभिभावकका लागि मैले सम्मान गर्ने मौका पाएको छु । हाम्रो सफलता र समृद्धि विद्यालयबाट सुरु हुन्छ । आज यो खुशीको माहोलमा सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरु हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो ।’

प्रतिक्रिया दिनुहोस्