१२ चैत-काठमाडौं, नवनिर्वाचित प्रतिनिधिसभामा सांसदहरुको शपथ लिएका छन् ।
आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ गराएका हुन् ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरुलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए ।
बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।
उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्