कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

११ चैत -काठमाडौं,  नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।

आज केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।

सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका लागि नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गरेकामा बैठकले कार्यतालिका संशोधनसहित असोज १६ देखि १८ गतेसम्म गर्ने निर्णय पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्