९ चैत- काठमाडौं, सामाजिक अभियन्ता नेल्शन घतानी लगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानी लगायत तीन जनाले इनिशाको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् । उनीहरुले १७ वर्षीया इनिशाको न्यायका लागि ‘महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दिने कानुन बनाउ’ लेखिएको ब्यानर प्रदर्शन गरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन् ।

उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्