४ चैत- काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २३ वर्षीय तपेन्द्र बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा फेक आईडी बनाई पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत पीडित महिलाको नाम राखी विभिन्न पोष्ट गरी दुःख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्