फरार प्रतिवादी पक्राउ

४ चैत-कैलाली, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१० दमौरा बस्ने ३३ वर्षीय दुर्गा बहादुर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्