२६ फागुन- काठमाडौं, हिजो सर्किट ब्रेक लागेर उकालो लागेको सेयर बजारमा मंगलबार करेक्सन देखिएको छ ।
नाफा बुक गर्ने लगानीकर्ता र चुनावअघि खरिद गर्ने अवसर गुमाएकाहरूको आक्रामक खरिदारीका कारण बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे सात महिनायताकै उच्च हो ।

मंगलबार नेप्से परिसूचक ३२.०८ अंक ९१.११ प्रतिशत० घटेर २८४३ अंकमा कायम भएको छ । सोमबार भने बजार ६ प्रतिशत बढ्दै तीन पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो । त्यस दिन जम्मा ५५ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
मंगलबार ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ कारोबारबाट किनबेच भएका छन । कारोबारमा आएका कम्पनीमध्ये ७८ को मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
प्रतिक्रिया दिनुहोस्