२३ फागुन-काठमाडौं, अछाम १ मा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे । नेकपा (एमाले)का दिपकबहादुर साउदले ७ हजार ३८९ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्