१३ फागुन -हेटौँडा, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार, हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको उनले जानकारी दिए ।
-रासस
प्रतिक्रिया दिनुहोस्