७ फागुन- सुर्खेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बिहीबार आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् ।

उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” भने ।
रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे । उनले कर्णालीको पीडालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरे । कर्णालीलाई साँचो अर्थमा बुझ्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।
“कर्णालीको पीडा बेच्ने नेता धेरै भए, तर बुझ्ने नेता भएनन्,” “त्यसैले कर्णालीलाई बुझ्ने र यहाँका सपना साकार पार्ने नेतृत्व जन्माउनु हाम्रो उद्देश्य हो ।” उनले भने
उनले कर्णालीको समग्र विकासका निम्ति रास्वपा प्रतिबद्ध रहेको दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्