८ माघ काठमाडौं, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।

चौधरी ७ भदौ २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्