आफ्नै श्रीमतीको हत्या गरेकोहत्या गरेको अभियोगमा पक्राउ

१ माघ- भक्तपुर, आफ्नै श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ३७ वर्षीय लनाम तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्