नेकपाका सुमन सायमीसहित नेताहरू प्रवेश गर्दै

२९ पुष- काठमाडौं, राण्ष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

सायमीसहित उनका पार्टीका र सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् ।

सायमीले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्