काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा आह्वान गरिएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्