टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रास्वपामा प्रवेश

२१ पुष- काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका लक्ष्मण थारुलाई पार्टीमा भित्र्याएको छ। रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा थरुहट समूहसँग सम्झौता गर्दै थारुलाई पार्टी प्रवेश गराइएको हो।

रास्वपा र थरुहट पक्षबीच भएको ९ बुँदे सहमतिमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिने उल्लेख छ। यही सहमतिपछि लक्ष्मण थारु पार्टीमा औपचारिक रूपमा आबद्ध भएका हुन्। उनी पार्टी प्रवेशअघि नै केन्द्रीय सदस्यमा मनोनित भइसकेका थिए।

 

२०७२ सालको टीकापुर घटनामा सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनालाई अदालतले आपराधिक ठहर गर्दै लक्ष्मण थारुलाई सजाय सुनाएको थियो। विभिन्न तहका अदालतका फैसला संशोधनपछि उनी पछि रिहा भएका थिए।

अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिलाई पार्टीको केन्द्रीय नेतृत्वमा ल्याइएको विषयलाई लिएर रास्वपाको निर्णयप्रति चर्को बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्