आज बुधबार बजार १.३७ अंकले वृद्धि

९ पुष- काठमाडौं, आज बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

आज ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्