अस्ट्रेलियामा गोलीबारीहुँदा १० जनाको मृत्यु

२८ मंसिर- अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित बन्डी बिचमा भएको गोलीबारीमा एक आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ ।

उक्त घटनामा कम्तीमा १२ जना घाइते भएका छन् र दुई अधिकारीलाई गोली लागेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनेका छन् ।

बीबीसीसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले गोलीबारी सुरु हुँदा उनी बिचमा भइरहेको हनुकाह कार्यक्रमबाट आफ्ना बच्चाहरूसँगै भागेको बताए । प्रहरीले घटनाको सम्बन्ध हनुकाह कार्यक्रमसँग छ /छैन भन्नेबारे अझै अज्ञात रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्